दफा ११
बिक्रेताको दायित्व
वस्तुको बिक्री गर्ने बिक्रेताले कानून बमोजिम पूरा गर्नु पर्ने अन्य दायित्वको अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-
(क) बिना भेदभाव उपभोक्तालाई वस्तुको बिक्री गर्ने,
(ख) वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा हास नआउने गरी सुरक्षित रूपमा राख्ने र सुरक्षित रूपमा बिक्री गर्ने,
(ग) सर्वसाधारणले स्पष्ट रूपमा देख्ने बुझ्ने गरी वस्तुको मूल्य सूची राख्न,
(घ) सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेका बखत आफूसँग रहेको वस्तुको मौज्दात वा विवरण उपलब्ध गराउने,
(ङ) वस्तुमा कुनै किसिमको ग्यारेन्टी वा वारेन्टीको व्यवस्था भएमा त्यस्तो व्यवस्थाको पालना गर्ने,
(च) पहिले आउने उपभोक्तालाई पहिले वस्तु बिक्री गर्ने,
(छ) उपभोग्य वस्तु बिक्री गरेपछि त्यसको बिल वा रसीद दिने,
(ज) तोकिए बमोजिमका अन्य दायित्व पूरा गर्ने।